मन्त्रीको नाम टुङ्गो लगाउन एमालेको छलफल चल्दै

काठमाडाैं | पुस ११, २०७९

मन्त्रीको नाम टुङ्गो लगाउन एमालेको छलफल चल्दै तस्बिर फाइल

काठमाडौंः   नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन छलफल थालेको छ ।


अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ । 


माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ, तर मन्त्रालयको टुङ्गो लागेको छैन । 


मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गठबन्धनको बैठक पनि आजै बस्दैछ । हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ लिने कार्यक्रम पनि छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्